• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

चितवन क्षेत्र नम्बर तीनमा वाम-लोकतान्त्रिक गठबन्धनको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)


चितवन। चितवन निर्वाचन क्षेत्र नम्बर -३ अन्तर्गत वाम-लोकतान्त्रिक गठबन्धनको घोषणापत्र सार्वजनिक गरिएको छ। बुधवार भरतपुरको वरपीपल पार्टी प्यालेसमा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. भोजराज अधिकारी, प्रदेश सभा निर्वाचन क्षेत्र नं-३ (क) का सूर्यकान्त घिमिरे र ३ (ख) का उम्मेदवार ठाकुरप्रसाद ढकालले घोषणापत्र सार्वजनिक गरेका हुन्।

Advertisement

सार्वजनिक घोषणापत्रमा चितवनको विकास र समृद्धिलाई संस्थागत गर्ने गरी कार्यक्रम समावेश गरिएको गठबन्धनका नेताहरूले बताएका छन्।घोषणापत्रमा ठोरी-केरूङ्ग राजमार्ग विस्तार सम्पन्न गरिने, मेघौंली विमानस्थल स्तरोन्नति गरी सञ्चालनमा ल्याउने, भरतपुर र माडीका पुराना बाटो कालोपत्रे गरिने, नारायणी, राप्ती र रेवा नदी कटान क्षेत्रमा तटबन्ध सहितको सडक सञ्जाल र पर्यटकीय क्षेत्रको विकास गरेर एकमा तीन विकास नीति लिइने, भरतपुरमा बाह्य चक्रपथ निर्माण सम्पन्न गरिने, नारायणी र राप्ती नदी कटान नियन्त्रण गर्न तटबन्ध गरिने, घोसरघाट नारायणी नदी पुल निर्माण गरिने, रामपुर कृषि विश्वविद्यालयको सामर्थ्य विकास गरी विदेशी विद्यार्थी आकर्षण गर्ने नीति निर्माण गर्ने, चितवनलाई प्रमुख शैक्षिक तथा मेडिकल हब बनाउने, प्रादेशिक पब्लिक विश्वविद्यालय स्थापना गर्न पहल गर्ने, आधुनिक पुस्तकालय र अनुसन्धान केन्द्र स्थापना गरिने, एक वडा एक नमुना विद्यालय बनाउन नीति बनाउने, माडीमा रहेको दिवाकर प्राविधिक शिक्षालयलाई प्रादेशिक स्तरको महाविद्यालय बनाउने, भरतपुर अस्पताललाई केन्द्रीय शिक्षण र बिपी कोइराला क्यान्सर अस्पताललाई क्यान्सर एकेडेमी बनाउने, मेडिकल विश्वविद्यालय स्थापना गर्न मेडिकल बोर्ड गठन गरिने, २८ वटै वडामा नागरिकको घरदैलोमा मोबाइल अस्पताल सेवा सञ्चालन गरिने उल्लेख गरिएको छ।

Advertisement

आवश्यक वडामा १५ बेडको सुविधा सम्पन्न, माडीको बघौडामा प्रादेशिक र मेघौलीमा ५० शैयाको सिटी अस्पताल बनाउने, स्वास्थ्य सेवामा सूचना प्रविधिबाट सेवा लिन टेलि मेडिसिन सेवा सुरु गरिने, ५ वर्षभित्र सम्पूर्ण नागरिकको स्वास्थ्य बिमा गरिने, स्वास्थ्य सेवालाई समतामूलक बनाउने योजना २८ वटै वडामा २८ पर्यटकीय गन्तव्य पूर्वाधार र विकास गरिने, मेघौली- शुक्रनगर-जगपुर, बघौडा-वसन्तपुर हुँदै शिव द्वारसम्मको सांस्कृतिक होम स्टे परिपथ निर्माण गरिने, एक सामुदायिक वन एक पर्यटकीय उद्योग अवधारणा कार्यान्वयन गरिने, देवघाट- विक्रम बाबा-पाँच पाण्डव हुँदै सोमेश्वरगढीसम्मको धार्मिक परिपथ कार्यान्वयन गरिने, माडी क्षेत्र समेटिएको ७ गन्तव्य प्रर्वद्वन गरिने, सिटी हल, प्रदर्शनी केन्द्र, गौतमबुद्व क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गरी उपयोग गरिने, उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषिमा व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकीकरण विशेष जोड दिइने, साना किसानलाई अनुदानको व्यवस्था गर्न पहल गरिने जनाइएको छ।

यस चितवन निर्वाचन क्षेत्र ३ का कम्तीमा शैक्षिक प्रतिष्ठानमा कमाउँदै पढ्दै कार्यक्रम सुरु गरिने, एक वडा एक उद्यमशीलता कार्यक्रममार्फत युवाहरूलाई स्वरोजगार सिर्जना गरिनेछ, भूमिविहीनहरूलाई प्राथमिकताका साथ हाल बसोबास गरेकै क्षेत्रमा जमिन धनी पुर्जा प्रदान गरी सुकुम्वासी समस्याको स्थायी समाधान गरिने गठबन्धनले जनाएको छ। ६ वर्ष मुनिका बालबालिकाहरूका लागि शारीरिक र बौद्धिक विकासका लागि प्रत्येक वडामा बाल विकास केन्द्र र युवालाई खेलकुद मैदान र ज्येष्ठ नागरिकका लागि एकीकृत ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिने र कम्तीमा ३ स्थानमा बाल उद्यान निर्माण गरिने छ। २ वटा सुविधा सम्पन्न रङ्गशाला, २ ठाउँमा व्यवस्थित कवर्ड हल र स्पोर्टस् प्राविधिक शिक्षालय निर्माण गरिने योजना छ।

ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्न पहल लिइने, सेवा सुविधा घरदैलोमा दिने नीति लिइने, भरतपुर २३ र १९ मा निर्माणाधीन बृद्वाआश्रम सम्पन्न गरिने, २८ वटै वडामा रहेका आमा समूहलाई सशक्तीकरण गर्न विशेष सुविधा उपलब्ध गराउने, सुत्केरी भत्ता दोब्बर बनाउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। दलित समुदायको हितका लागि सांस्कृतिक अन्तर घुलन अभियान सञ्चालन गरिने, एक वडा एक बहुउद्देश्यीय दलित भवन निर्माणका लागि तहगत सरकारसँग समन्वय गरिने उल्लेख छ। दलित, आदिवासी एवं सीमान्तकृत समुदायका युवाहरूलाई रोजगारीमा नीतिगत पहल लिने, फरक क्षमता भएका व्यक्तिहरूलाई रोजगारी दिने र व्यवसायीहरूलाई विशेष सम्मान र प्रोत्साहनको कार्यक्रम ल्याउने घोषणापत्रमा उल्लेख छ।

सहिद परिवार, आन्दोलनका घाइते, बेपत्ता योद्धाका छोराछोरीहरूलाई स्वास्थ्य, शिक्षा, रोजगार र यातायातका क्षेत्रमा थप सहुलियतसहित अग्राधिकारको व्यवस्था गरिने, पूर्वसैनिक, प्रहरीलाई योगदानको कदर गर्दै राज्य निर्माणमा सदुपयोग गरिने, वन तथा वातावरण सन्तुलित जीवनको नारा अनुसार भान्सा नै पहिलो अस्पतालका रूपमा अभियान सञ्चालन गरिने, नदिले कटान गरेका नीजि जमिनको मुआब्जाका लागि पहल गरिने, स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै मेड ईन भरतपुर र माडीको ब्रान्ड कार्यक्रम सुरु गरिने, कम्तीमा २ ठाउँमा औद्योगिक क्षेत्र विस्तार गरिने, ठोरी नाकालाई नियमित पारवहनका विकास गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।

सबै सरकारी सेवा प्रदायक निकायहरूलाई सूचना र प्रविधिमैत्री र स्कुल, अस्पताल र टोल टोलमा इन्टरनेट नि:शुल्क गराउने, श्रमजीवी मिडियाकर्मीका लागि नि:शुल्क जीवन बिमा र स्थानीय सञ्चारमाध्यमलाई विशेष सुविधा प्रदान गर्न पहल गरिने, दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै काली गण्डकी कोरिडोर देवघाट (हरिहर क्षेत्र) तथा गोसाईंकुण्डबाट त्रिशूली हुँदै (हरिहर) त्रिवेणीधामसम्मको हरिहर सर्किटको अध्ययन र विकास गरिने साथै सबै तहका सरकारलाई अध्ययनमा आधारित नीति, योजना र कार्यक्रम बनाउन नीतिगत सुधार गरिने गठबन्धनको घोषणापत्रमा समावेश गरिएको छ।

बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.