नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान साढे ८ बजेबाट सुरु भएको बैठक आगामी निर्वाचन केन्द्रित छ ।
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा सँगको सहकार्य र मोर्चाबन्दी बारे बैठकमा मुख्य गरी छलफल हुने एक नेताले जानकारी दिए ।
साथै आजको बैठकमा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन लक्षित कार्यक्रम र नेताहरुको कार्यविभाजनबारे पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।
हिजो नै बस्ने भनिएको स्थायी कमिटी बैठक नेताहरुको कार्यव्यस्तताको कारण देखाउँदै आजका लागि सारिएको थियो ।
Advertisement

