चितवन / भरतपुर महानगरपालिका वडा नं. १ का वडाअध्यक्ष केशव महर्जनले दुई वटा निर्णय गरेका छन् । वडाअध्यक्ष महर्जनले पदभार ग्रहणसँगै उक्त दुई निर्णय गरेका हुन् ।
उनले वडाभित्र रहेका विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेको हो । यस्तै विपन्न परिवारको एक जना सदस्यलाई कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा दिने उनले बताए । निःशुल्क शिक्षा अन्तर्गत सामुदायिक र सरकारी स्कुलमा पठनपाठनका सम्पूर्ण खर्च लागि वडाले नै व्यहोर्ने उनको भनाइ छ ।
उनले जनताबाट निर्वाचित जनप्रतिनिधि भएकोले सोही अनुकूल काम गर्ने बताए । वडाका हरेक समुदायको गाह्रो र अप्ठ्यारो कार्यलाई सहजीकरणका लागि प्राथमिकता राखेर काम गरिने उनको भनाइ छ ।
उनी पाँच दलिय गठबन्धन कांग्रेसबाट स्थानीय तह निर्वाचनमा विजयी भएका हुन् । यसअघि पनि उक्त वडामा कांग्रेस नै विजयी भएको थियो ।
Advertisement


