भरतपुर, बैशाख २०।
पाँच दलिय गठबन्धनको भरतपुर महानगरपालिका वडा नम्बर ७ को गठबन्धन प्रचार-प्रसार कार्यलय उद्घाटन भएको छ।
नेपाली काङ्ग्रेस को केन्द्रिय सदस्य अन्जनि श्रेष्ठको प्रमुख आतिथ्यतामा गठबन्धनको प्रचार-प्रसारप कार्यलय उद्घाटन भएको हो।
भरतपुर ७ को दीपेन्द्र चोकमा कार्यलय उद्घाटन गरिएको छ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति एवं गठबन्धनका संयोजक राजेश्वर खनालले भरतपुर ७ मा वडा अध्यक्ष टुङ्गो लगाउन गार्हो भए पनि अब ७ को वडामा गठबन्धनका साझा उम्मेद्बारलाई बिजय गराउनु पर्ने कुरा बताए। लोकतान्त्रिक गठबन्धनलाई अझ सशक्त बनाउनको लागी हामी खुलेर लाग्नु र गठबन्धनलाई खुलेर आत्मासाथ गर्नु पर्ने बताए।
कार्यक्रममा सम्बोधन गर्दै काङ्ग्रेस नेता कैलाश कोइरालाले गठबन्धन भनेको एउटा पारिवारिक नाता जस्तै जो र यसलाई परिवारलाई जसरी माया गरिन्छ त्यसरी नै गठबन्धनलाई माया गर्नु पर्छ भन्ने कुरा बताए। गठबन्धलाई अपहेलना गर्नु भनेको गिरिजा कोइरालालाई सराप्नु जस्तो हो भन्ने बताए। साथै आम उम्मेद्बारहरुलाई मनबाट दिएको मत माथी मालिक नबनि सेवक बन्नको लागी पनि आम मतदाताले आग्रह समेत गरेका छ्न।

कार्यक्रममा प्रमुख अतिथि अन्जनि श्रेष्ठले भरतपुर महानगको मेयर का उम्मेद्बार रेनु दहाललाई महिलाहरुलाई पहिलो प्राथमिकता राखेर काम गर्न अनुरोध व्यक्त गरेकि छ्न। केन्द्रको निर्णय अनुसार वडामा भएको गठबन्धनलाई चित्त नदुखाइ साथ दिनु पर्ने कुरा बताइन्।
कार्यक्रममा भरतपुर महानगरपालिका ५ दलिय गठबन्धनका उम्मेद्बार रेनु दहाल र उपमेयरका उम्मेद्बार चित्रसेन अधिकारीको पनि उपस्थिति रहेको थियो।
पाँच दलिय गठबन्धनका साझा उम्मेद्बार वडा अध्यक्ष का लागि राजेन्द्र मणि काफ्ले, महिला सदस्य अमृता गौतम पौडेल, दलित महिला सदस्य रिता दर्जि, खुल्ला वडा सदस्य किरण अधिकारी र खुल्ला वडा सदस्य हरी प्रसाद भट्ट रहेका छ्न।
नेपाली काङ्ग्रेस भरतपुर ७ का वडा सभापति बिनोद ढकालको सभाअध्यक्षतामा आजको कार्यक्रम भएको थियो।


