भरतपुर, बैशाख १२।
सामाजिक अभियन्ता अर्जुन भुसालले स्थानिय निर्वाचनमा चितवनको माडि नगरपालिकाको मेयरको उम्मेद्बारी दिने भएका छ्न।
माडि नगरपालिका-४ घर भै हाल भरतपुर बस्दै आएका भुसाल सामाजिक कार्यमा सक्रिय छ्न। भुसालले स्थानीय चुनावका लागि आफुले माडि नगरपालिकाको मेयरका लागि स्वतन्त्र रुपमा उम्मेद्बारी दिने वन स्टेप मिडियालाई जानकारी गराए। भुसालका अनुसार आज २ बजे सम्म उनले आफ्नो उम्मेद्बारी मनोनयन दर्ता गर्ने बताएका छ्न।
Advertisement
माडि नगरपालिका आफैमा सुन्दर नगर हो, यसको थप बिकास र थप सुन्दरताका लागि आफुले मेयरको स्वतन्त्र उम्मेद्बारी दिन लागेको भुसालेले बताए।
उनले सबै युवाहरुको साथ लिएर अगाडी बढ्ने भन्दै सम्पूर्ण माडीबासीको माया र सद्भाव आफुले पाउने विश्वास समेत व्यक्त गरेका छ्न।

