चैत्र २८, चितवन । बैकल्पिक शक्तिको रुपमा उदाउँदो बिबेकशिल साझा पार्टीले भरतपुर महानगरपालिकाको मेयरमा बौदिक ब्यक्तित्वलाई उठाउने तयारी गरेको छ । पुराना शक्तिहरुले पुरानै अनुहार दोहोर्याउने होडमा रहेका बेला बिबेकशिल साझाले भने नयाँ अनुहार उम्मेदवारको रुपमा प्रस्तुत गर्ने तयारी थालेको हो।शनिबार बसेको जिल्ला कमिटिको बैठकले भरतपुरको मेयरमा युवा इन्जिनियर प्रबिन काफ्लेलाइ सर्बसम्मत निर्णय गरि केन्द्रमा सिफारिस गरेको हो।स्रोतका अनुसार अब केन्द्रले निर्णय गरेसङै औपचारिक रुपमा उम्मेदवारी घोषणा हुनेछ । केन्द्रको निर्णय सकारात्मक आउनेमा आफुहरु बिश्वस्त रहेको जिल्ला कमिटीका एक सदस्यले बताए।
को हुन त प्रबिन काफ्ले?
पार्टीको जिल्ला कमिटीले सिफारिस गरेका काफ्ले एक युवा इन्जिनियर हुन।उनले भारतको बेङ्लोरबाट मेकानिकल इन्जिनियर उत्तिण गरेर अहिले नेपालमा उद्यम गरिरहेका छ्न।बिगतका दिनहरुमा राजनितिको र सुन्ने बित्तिकै दिक्क मान्ने काफ्ले अहिले बिबेकशिल साझा चितवनलाई नेतृत्व गरिरहेका छ्न । उनी केही बर्ष देखि क्रियाशिल राजनितिमा छ्न। माटो सुहाउँदो राजनिती गर्न काफ्ले रुचि राख्दछ्न ।

