चैत्र २७, चितवन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस भरतपुर महानगरपालिकाबाट महानगरको मेयर र उपमेयर पदका लागि मनोनयन दर्ता सुरू भएको छ ।
नेपाली काङ्ग्रेस चितवनको पार्टी कार्यालय कमलनगरमा आज र भोलि दुई दिन सम्म मनोनयन गर्ने समय तोकिएको महानगर सचिव प्रनिशा गुरुङले जानकारी दिइन् ।आइतबार बिहान ११ बजेदेखि मनोनयन दर्ता सुरू भएको हो ।
हालसम्म मेयर पदको लागि १३ जना र उपमेयर पदका लागि ७ जनाले मनोनयन दर्ता गरेको उनले जानाकारी दिईन् । दर्ता भोली साझ ४ बजे सम्म हुने भएकाले मेयर र उपमेयरका लागि आकांक्षीहरु बढ्दै जाने उनको भनाई छ।
महानगर समितिले पार्टीकातर्फबाट उमेदवारीका लागि दर्खास्त शुल्कसमेत तोकेको छ । भरतपुर महानगरसमितिले उमेदवार बन्न इच्छुकले दर्खास्तका लागि महानगरको प्रमुख बन्न चाहनेले ३ हजार र उपप्रमुख बन्नका लागि २ हजार शुल्कसमेत बुझाउने प्रवधान राखेको छ । सत्ता गठबन्धनका दलहरुबीच तालमेल हुने भनेपछि भरतपुर महानगर चर्चाको केन्द्रमा छ ।

