२५ चैत, भरतपुर –
विद्यालयमा पढ्ने बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर -१३ मा रहेको माध्यामिक विद्यालय गंगानगरका दुई शिक्षक पक्राउ परेका छन ।
महिनौं देखि विद्यालयका छात्रालाई टाउको, हात, साप्रा समाउँदै संवेदनशिल अंगमा सुम्सुम्याएको घटना बाहिर आए पछि विहिवार विद्यालयमा पुगेका आक्रोशि अभिभावकले दुव्र्यवहार गर्ने शिक्षकलाई हातपात गर्न खोजेपछि प्रहरीले शिक्षक विमल प्रसाद देवकोटा र फणिन्द्र भट्टराईलाई नियन्त्रणमा लिएको हो ।
१७ जना विद्यार्थीहरुले शिक्षक बाट पटकपटक दुव्र्यवहारमा परेको बताएको अभिभावक ज्योति तमाङले जानकारी दिए ।
विगतमा पनि यी शिक्षकहरुले यस्तो घट्ना गरेको र पटकपटक विद्यालय भित्र शिक्षकहरुले मिलाउने गरेको विद्यार्थीको आरोप छ । पिडितले अाज दाेसीका विरुद्धमा जाहेरी दिदैँ छन् ।
चितवनको माडीको सोमेश्वर उच्च माध्यामिक विद्यालयमा पनि फागुन २९ गते शिक्षक सुरज लामिछानेले आफ्नो विद्यार्थीलाई दुव्र्यवहार गरेको भन्दै जाहेरी परेको थियो । यो घट्नाको विषयमा समेत प्रहरीले अनुसन्धा हुदै गरेको बताएको छ ।

