चैत्र २१, चितवन । सरकारले मोफसलका ६ संघीय तथा प्रदेश स्तरका अस्पतालमा विशेषज्ञ सेवा उपलव्ध गराउन त्रिपक्षीय सम्झौँता गर्ने भएको छ ।
विशेषज्ञ सेवा उपलव्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) र सेवा दिने अस्पतालबीच सम्झौँता हुन लागेको हो ।
स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलका अनुसार यो सम्झौँता अन्तरगर्त पहिलो चरणमा चितवनको भरतपुर अस्पतालसहित कोशी अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल र भेरी अस्पतालमा विशेषज्ञ चिकित्सक जाने छन् ।
सम्झौँता अनुसार भरतपुरमा ‘ग्यास्ट्रो इन्टेरोलोजिष्ट’ पठाईने छ । कोशी अस्पतालमा नेफ्रो र युरोलोजीका विशेषज्ञ चिकित्सक पठाइनेछ । यस्तै नारायणीमा ‘क्रिटिकल केयर’ सम्वन्धी विशेषज्ञ चिकित्सक जाने छन् ।
यस्तै गण्डकीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको विशेषज्ञ जानेछन् । लुम्बिनीमा पनि मुटु र प्लास्टिक सर्जरीका लागि चिकित्सकहरु जाने छन् । भेरी अस्पतालमा न्युरो सेवाका विशेषज्ञहरु जानेछन् ।

