• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, भदौ ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

गैँडा स्थानान्तरण गर्न चितवन राष्ट्रिय निकुञ्जमा अध्ययन


चैत्र ०८, चितवन ।दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन शुरू गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । यो समितिले गैँडासँगै बाह्रसिङ्गे स्थानान्तरणका लागि अध्ययन गर्ने छ । कृष्णसार स्थानान्तरणका लागि अध्ययन गरी प्रतिवेदन तयार भइसकेको छ । अर्ना स्थानान्तरणको अध्ययनसमेत गरिने छ ।

Advertisement

अध्ययन समितिका संयोजक ढकालका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पश्चिममा गैँडाको सङ्ख्या धेरै रहेको छ । ती गैँडामध्ये केहीलाई पूर्व स्थानान्तरणका लागि अध्ययन थालिएको हो । कोसीटप्पु राष्ट्रिय निकुञ्जमा चितवनको गैँडा लैजाने विषयमा अध्ययन थालिएको हो । विभागले ढकालको संयोजकत्वमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, कोसीटप्पु राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, इकोलोजिष्ट गणेश पन्त, राष्ट्रिय प्रकृति संरक्षण कोषका नरेश सुवेदी, जेडएसएलका भगवानराज दाहाल, विश्व वन्यजन्तु कोषका कञ्चन थापा र सहायक इकोलोजिष्ट हेमराज आचार्य रहेको अध्ययन समिति बनाएको छ ।

Advertisement

समितिले चितवन र कोसीटप्पुको पहिलो चरणको अध्ययन गरेको छ । ढकालको भनाइमा कोसीटप्पु, बर्दिया र शुक्लाफाँटामा गैँडा स्थानान्तरणको विषयमा अध्ययन भइरहेको छ । विज्ञ समूहहरू पठाएर थप अध्ययन गरिने उनको भनाइ छ । बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा छन् । चितवन र पर्सा जोडिएकाले गैँडा यताउता गरिरहने हुँदा गैँडाको सङ्ख्या घटबढ हुने गर्दछ । पछिल्लो गणनामा देशभरका यी निकुञ्जमा कूल गैँडाको सङ्ख्या ७५२ पुगेको छ ।

ढकालले तीनरचार महिनामा अध्ययन पूरा गरेर विभागमा प्रतिवेदन बुझाउने बताए । यो वर्ष अध्ययनमा समय लाग्ने भएकाले आउँदो वर्र्ष स्थानान्तरण गर्न सकिने उनको भनाइ छ । गैँडा स्थानान्तरण गर्न हिउँद पर्खनुपर्छ । विगतमा कोसीमा गैँडा रहेको भन्दै उनले त्यो ठाउँ गैँडाका लागि उपयुक्त हुनसक्ने बताए । उनले भने, “हतारमा हामी काम गर्दैनाँै । विस्तृत अध्ययन गरेर सरोकारवालासँग छलफलसमेत गरेर टुङ्गो लगाउँछौ ।” कोसी गैँडाका लागि उपयुक्त देखिएमा प्रदेश नम्बर १ र मधेश प्रदेशका लागि पर्यटकीय गन्तव्यसमेत हुने उनको भनाइ छ ।

यससँगै गैँडाको बासस्थान विस्तारमा यो महत्वपूर्ण हुन सक्छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्य निकुञ्जको पश्चिमी क्षेत्रमा जोखिममा रहेका गैँडा आन्तरिकरुपमा स्थानान्तरण गर्नुपर्ने देखिएकाले अध्ययन थालिएको बताउनुहुन्छ । विसं २०७४ मा बाढीका कारण धेरै गैँडा बगेर भारत पुगेका थिए । केही गैँडा उद्धार गरी फिर्ता ल्याए पनि अरू केही ल्याउन सकिएको छैन ।

आचार्यले एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रमसमेत बढेको बताए । उनको भनाइमा बासस्थानको बिस्तार गरी केही गैँडा पूर्व ल्याउन सकेमा उपयुक्त हुन्छ । अध्ययन समितिले यो विषयमा विस्तृतरुपमा अध्ययन गर्दै छ । घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व लैजान लागिएको हो । निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाने तर बासस्थानको व्यवस्थापन सङ्ख्याको आधारमा गर्न नसक्दा समस्या देखिएको छ ।

विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले समितिले प्रतिवेदन दिएपछि मन्त्रालयले आवश्यक निर्णय गर्ने बताए । उनले भने, “सम्भवगत अर्को वर्र्ष स्थानान्तरण गर्ने गरी अध्ययन यो वर्ष सकिन्छ ।” गैँडा, अर्ना, बाह्रसिङ्गे र कृष्णसार स्थानान्तरण गर्नका लागि अध्ययन थालिएको उनले बताए । पूर्वी चितवनको टिकौलीमा कृष्णसार ल्याउनका लागि अध्ययन गरी समितिले प्रतिवेदन दिइसकेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटा र बर्दियाको कृष्णसार संरक्षण क्षेत्र खैरापुरबाट कृष्णसार ल्याउन, कोसीटप्पु राष्ट्रिय निकुञ्जबाट अर्ना ल्याउन र शुक्लाफाँटाबाट बाह्रसिङ्गे ल्याउनका लागि अध्ययन शुरू गरिएको हो ।

पूर्वी चितवनको टिकौली चौरमा कृष्णसार ल्याउनका लागि यसअघि नै अध्ययन गरिसकिएको छ । सो ठाउँमा १६ देखि १८ वटा कृष्णसार ल्याउन सकिने गरी अध्ययन गरेर प्रतिवेदन बुझाईसकिएको छ । खुल्ला खोर (पूर्वाधार) निर्माण गरी कृष्णसार ल्याउन सकिने अध्ययनले देखाएको छ । ‘सोलार फेन्स’ गरेर बीचको भागमा माटाका थुप्रा बनाउनुपर्ने हुन्छ । सर्वसाधारणले अवलोकन गर्नसक्ने गरी स्थानान्तरण उपयुक्त हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

निकुञ्जमा यसअघि ल्याइएका सात वटा बाह्रसिङ्गेमध्ये छवटा मरिसकेका छन् । तत्कालीन समयमा दुई भाले र पाँच पोथी बाह्रसिङ्गे शुक्लाफाँटाबाट ल्याइएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा बनाइएको खुल्ला खोरमा अर्नासँगै बाह्रसिङ्गे राखिएको थियो । सो खोरमा हाल तीनवटा अर्ना रहेका छन् । तत्कालीन समयमा कोसीटप्पुबाट १३ वटा र सदर चिडियाखानाबाट दुई वटा अर्ना ल्याइएको थियो । ल्याइएका अर्ना मरेर तीन वटा बच्चा मात्रै बाँकी रहेका छन् । ती यही जन्मिएका बच्चा हुन ।

ठूलो सङ्ख्यामा अर्ना ल्याएर वर्षाको समयमा बथानमा खुल्ला छोड्ने गरी अर्ना स्थानान्तरणको योजना बनाइएको छ । बर्सातको समयमा एकै ठाउँमा राख्दा समस्या देखिएपछि हिउँदमा केही समय खोरमा राखेर छाड्ने गरी स्थानान्तरण गर्ने योजना बनाइएको हो । एकै ठाउँमा वन्यजन्तु रहँदा कुनै महामारी रोगव्याधि भएमा वंश विनाश हुनसक्ने भएकाले विभिन्न ठाउँमा स्थानान्तरण गर्न लागिएको कँडेलले जानकारी दिए । यसअघि यहाँबाट दुर्लभ एकसिङ्गे गैँडा बर्दिया र शुक्लाफाँटा स्थानान्तरण गरिएको थियो । –रासस

मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.