चैत्र ०८, काठमाडौं ।‘गंगुबाई काठियावाडी’मा आफ्नो दमदार अभिनयले सबैको मन जितेकी बलिउड अभिनेत्री आलिया भट्ट आगामी फिल्म ‘आरआरआर’को प्रमोसनमा जोडतोडले लागिपरेकी छन् ।४०० करोड भारुको बजेटमा तयार भएको यो फिल्म यही मार्च २५ मा सिनेमा हलहरुमा रिलिज हुँदैछ । प्रमोसनकै क्रममा यो फिल्मको टिम आफ्ना स्टारकास्ट सहित राजधानी दिल्लीमा छ । यसमा आश्चर्य मान्नुपर्ने त अर्को विषय छ, यो फिल्मको प्रमोसनका लागि बलिउड अभिनेता आमिर खानसमेत दिल्ली पुगेका छन् ।
आइतबार ‘आरआरआर’का मुख्य अभिनेता राम चरण, जुनियर एनटीआर, आलिया भट्ट, निर्देशक एसएस राजमौली फिल्मको प्रमोसनका लागि दिल्लीको कनोट प्यालेस पुगेका थिए । त्यसबेला आमिर पनि फिल्मका स्टारकास्टको सपोर्ट गरिरहेको अवस्थामा देखिए ।
आमिरले त्यसबेला ‘आरआरआर’का कलाकारहरुसँगै ‘नाटो नाटो’ गीतमा डान्स समेत गर्ने कोशिश गरेका थिए ।

