चैत्र ०७, चितवन ।नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद् चितवनको अध्यक्षमा लक्ष्मीकान्त चालिसे चयन भएका छन् ।आज (सोमबार) नेकपा एमाले पार्टी कार्यालय भरतपुरमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट चालिसे अध्यक्षमा चयन भएका हुन् ।
परिषद्को उपाध्यक्षमा नरेन्द्र कँडेल, सचिवमा डा. निराजन भट्टराई, सहसचिवमा एकराज शर्मा र कोषाध्यक्षमा सीताकुमारी रिजाल चयन भएका छन् । अधिवेशनले दीपकबाबु नेपालको संयोजकत्वमा वसन्त पौडेल र विष्णु शर्मा रहेको लेखा समिति चयन गरेको छ ।
Advertisement

