चैत्र ०५, चितवन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले चितवन जिल्ला कार्यसमितिलाई पूर्णता दिएको छ । आज (शनिबार) राप्रपा नेपाल चितवनको पार्टी कार्यालयमा सम्पन्न बैठकले जिल्ला कार्यसमितिलाई पूर्णता दिएको थियो ।
राप्रपा नेपालको चितवनको अध्यक्षमा यस अघि केन्द्रीय समितिबाट बिष्णु खराल मनोनित भएका थिए । आज थप पदाधिकारीसहित ३१ सदस्यीय कार्यसमितिले पूर्णता पाएको हो । जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रेम गैरे तथा उपाध्यक्षमा दुर्गाप्रसाद भट्टराई चयन भएका छन् ।
Advertisement
यस्तै सचिवमा बलराम आचार्य, सह सचिवमा चिरञ्जिवी न्यौपाने र हेमबहादुर नेपाल तथा प्रवक्तामा शंकर पाठक (निर्देश) रहेका छन् । कार्यक्रममा राप्रपा नेपाल युवा संगठनका केन्द्रीय उपाध्यक्ष सरोज घिमिरे, राप्रपा नेपालका सहायक महामन्त्री सुनिल क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।


