चैत्र ०४, काठमाडौं ।
अछामकाे मङ्गलसेन नगरपालिका ३ लाछिमनाका २८ वर्षीय मीनबहादुर ढोलीको खोलामा डुबेर ज्यान भएको हो। हिजाे बिहीवार दिउँसाे अस्तु सेलाउने क्रममा चिप्लिएर खाेलामा लड्दा उहाँको ज्यान भएको अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाले जानकारी दिनुभयो ।
मलामी गएका ढोलीको शव कैलाशखोला चित्रे दोभानमा डुबेकै ठाउँबाट स्थानीयवासीले निकालेका प्रहरीले जनाएको छ ।
Advertisement

