चैत्र ०४, चितवन ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ०७९ जेठमा गर्ने निर्णय गरेको छ। आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
‘जेठ १६ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय भयो,’ उहाँले भन्नुभयो, ‘थप विवरण बोर्डको वेबसाइटमा राख्छौं।’
Advertisement

