चैत्र ०४, काठमाडौं ।नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता ईन्डोनेसियाको लिग वान फुटबलमा पराजित भएको छ।बिहीबार राति भएको खेलमा पर्सिजा मादुरा युनाईटेडसँग ३-१ गोल अन्तरले पराजित भएको हो।खेलको १८ औं मिनेटमा रनन डा सिल्भाले गोल गर्दै मादुरालाई अग्रता दिलाएका थिए। खेलको ३३ औं मिनेटमा पर्सिजाका रोहितले आत्मघाती गोल गरेपछि मादुराले २-० को अग्रता बनायो।
३७ औं मिनेटमा बायु गात्राले गोल गर्दै मादुरालाई ३-० को जित अग्रता दिलाए। त्यसपछि खेलको ६४ औं मिनेटमा ताउफिक हिडायातले एक गोल फर्काएपनि पर्सिजा ३-१ ले पराजित भयो।यस हारसँगै पर्सिजा ४१ अंक जोडेर आठौं स्थानमा रहेको छ। मादुरा ३८ अंक जोडेर नवौं स्थानमा रहेको छ।
Advertisement

