फागुन ०३, काठमाडौं ।सरकारले आउँदो २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर सङ्गीता कौशल मिश्राले अभियानकै रुपमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको जानकारी दिनुभयो। सरकारले यस पटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।
खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिने लगायत प्राविधिक तयारीका काम भइरहेको छ । यो खोप अभियानपछि टाइफाइडविरुद्धको खोपलाई पनि नियमित खोप कार्यक्रममा नै समेट्ने सरकारको तयारी छ ।
Advertisement
भण्डार केन्द्रको अभावका कारण खोप ल्याउन ढिलाइ भइरहेको थियो। हिजो टाइफाइडविरुद्धको दुई लाख भायल खोप भारतबाट आएको छ। थप खोप पनि ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

