फागुन ०३, चितवन ।चितवनको नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । भरतपुर माहानगरपालिका वडा नं –१६ शिवघाटस्थित नारायणी किनारमा पुरुषको शव फेला परेको हो ।स्याङजा जिल्ला पुतलीबजार–१० घर भइ हाल ललितपुर माहानगरपालिका –१० बस्ने ५५ वर्षिय ज्ञानविक्रम रानामगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।
उनका अनुसार बुधबार ३ः३० बजे उनको शव फेला परेको हो । मृत्युको कारण नखुलेको र शव हेर्दा संकस्पद देखिएको अधिकारीले बताए । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
Advertisement

