चैत्र ०२, काठमाडौं ।आज नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल बुधबार पीएनजीसँग खेल्न लागेको हो।
यो खेल यूएईस्थित सारजाहमा हुनेछ। खेल बिहान सवा ११ बजे सुरु हुनेछ। नेपाल पीएनजीलाई हराएर सिरिजको सुखद सुरुवात गर्न चाहन्छ।
Advertisement
सन्दीप लामिछाने कप्तानीको नेपालले पीएनजीविरुद्ध दुई खेल खेल्नेछ। यसअघि नेपालले गत भदौमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो। यही सिरिजको तयारी स्वरुप नेपालले श्रीलंकामा चार खेल खेलेको थियो। त्यहाँ लगातार तीन खेल जितेको नेपाल एक खेलमा पराजित भएको थियो।
नेपालले दोस्रो खेल मार्च १८ मा यूएईविरुद्ध खेल्नेछ। यूएईसँगको अर्को खेल भने मार्च २१ मा हुनेछ।


