चैत्र ०१, चितवन । रंगहरुको पर्व फागु पूर्णिमाको अवसरमा भरतपुरमा ‘होली उत्सव २०७८’ हुने भएको छ । चैत ४ गते शुक्रबार भरतपुर महानगरपालिका ९ शरदपुरस्थित फोर सिजन रेष्टुरेन्ट एण्ड पार्टी भेन्युमा होली उत्सव हुने भएको हो ।
होली उत्सवमा स्थानीय देखि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको उपस्थिति रहने आज (मंगलबार) पार्टी भेन्युमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ । कार्यक्रममा नेपालका चर्चित गायक शिव परियारको बिशेष प्रस्तुती रहने पार्टी भेन्युका अध्यक्ष नविन पुरीले जानकारी दिए ।
परियारसँगै गायक भुवन प्यासी, ट्र्याङ्गल ब्याण्ड, डिजे निक्ज, डिजे बि-मर्शलगायतको पनि प्रस्तुति रहनेछ । कार्यक्रम पार्टी भेन्यु परिसरमा नै बिहान ११ बजेबाट सुरु हुने पुरीले बताए । कार्यक्रम साँझ ६ बजेसम्म चल्नेछ ।
कार्यक्रममा प्रवेशका लागि तीन सय रुपैयाँको टिकट शुल्कको व्यवस्था गरिएको उनले बताए । उनका अनुसार पार्टी भेन्यु परिसर भित्र कार्यक्रम आयोजना हुने भएकोले पाँच सय भन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा दर्शकहरुको सुरक्षालाई मध्यनजर गर्दै २५ जना सेक्युरिटी गार्ड परिचालन गरिने समेत पुरीले जानकारी दिए । होलीलाई बिशेष बनाउनुका साथै पार्टी भेन्युको प्रचार प्रसारका लागि कार्यक्रमको आयोजना गरिएको उनको भनाइ थियो ।
कार्यक्रमको टाइटल स्पोन्सरमा टुबोर्ग रहेको छ भने मुख्य प्रायोजकको रुपमा ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माईग्रेशन रहेको छ । यस्तै सह प्रायोजकमा ओज्सवी ईलेक्ट्रोनिक्स तथा सहयोगी संस्थाहरुमा संगम चिकेन हाउस, थ्रीडिज मार्टस, एन्डिज आइसक्रिम र प्रभु इन्सोरेन्स रहेका छन् । २०७५ सालमा ६ करोडको लगानीमा स्थापना भएको पार्टी भेन्यु एक बिघा क्षेत्रफलमा फैलिएको छ ।

