चैत्र ०१, चितवन ।बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई तनहुँको दमौली पठाईएको छ। आज (मंगलबार) मंगलबार उनलाई दमौली लगिएको हो ।
जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि दमौली पठाइएको डिएसपी दिलीप गिरीले जानकारी दिए। पीडित गायिकाका आफन्तले सुरूमा दमौली र पछि नवलपुरमा पनि शाहविरूद्ध जाहेरी दिएका थिए।
Advertisement
शाहलाई केही दिनअघि गैंडाकोट पुर्याइएको थियो। तनुहँ प्रहरीले शाहलाई चैत ४ गते सम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँबाट अनुमति लिएको छ।
एक नाबालिगले उनीविरुद्ध बलात्कारको अभियोगमा जाहेरी दिएकी थिईन् । जाहेरी परेपछि केही दिन प्रहरीको फरार सूचीमा रहेका शाहले फागुन १५ मा तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।


