• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

चितवनको काउलेमा बिजुली आएसँगै विकास पनि आउने स्थानीयको आशा


चैत्र १६, चितवन । चितवन सुगम जिल्लाको रुपमा परिचित छ । २१ औं शताब्दीको संस्कार संस्कृतिमा दौडिरहेको चितवनको इच्छाकामना गाउँपालिका भने अझै विकट नै छ । त्यहाँका धेरै मानिसहरुले बिजुली, मोबाइल, नेट, इन्टरनेट चलाएका छैनन् । टेलिभिजन कस्तो हुन्छ भन्ने दूरदराजका मानिसलाई थाहा नै छैन । यस्तोमा गाउँपालिकाको वडा नम्बर २ तल्लो र माथिल्लो काउलेमा पहिलो पटक बिजुली पुगेको छ ।

Advertisement

बिजुली आएसँगै विकास पनि आउने स्थानीय जानुका राना मगरमा आशा पलाएको छ । ‘बिजुली आएपछि तेल किन्न परेन । खर्च कम भयो । कुटाउने पिसाउने मिल पनि बनेको छ । लाइन आएपछि सुविधा पाउने आशा छ,’ उनको भनाइ छ ।

Advertisement

अहिले त्यहाँका बासिन्दाले सोलारबाट आफ्नो दैनिकी चलाइरहेका छन् । तर, अझै टुकी बत्ती हराएको छैन । छोराछोरीको पठन–पाठनमा गरेको प्रयास विकास बनेर फर्किएको मगरको भनाइ छ । उनले भने, ‘हामी पढे–लेखेका छैनौं । घास–दाउरा गरेर बसेको मान्छे हौं, हामी त । विद्युत् कस्तो ठाउँमा भन्न गए पाइन्छ । के बोल्नु पर्छ थाहा थिएन । हामीले नपढे पनि बच्चाहरुलाई पढाएऔं । छोराहरु पढे पछि पहल गरेछन् । उनीहरुले विकास गरेको छ । अहिले मोटर बाटो पनि आएको छ । त्यसपछि बिजुली पनि आयो ।’

टुकी बत्ती बाल्दा आगलागी पनि हुने गरेको उनले दुःख पोखे । आफूहरुलाई यस्तो दुःख नपरे पनि चेपाङ बस्तीमा आगोले क्षति पु¥याइरहेको उनले बताए । जनप्रिय माध्यमिक विद्यालय काउलेका प्रधानाध्यापक नेत्रबहादुर अधिकारीले बिजुलीले नयाँ युगमा प्रवेश गरेको अनुभुति भएको जीकिर गरेका छन् । ‘काउलेमा धेरै पछाडि विद्युत्को बिस्तार भयो । यो भन्दा पहिला यहाँ धेरै समस्या भोगेऔं । कहाली लाग्दो अवस्था वर्णन गरेर साध्य नै छैन । पढ्न, साँझको खाना खान, काम गर्न टुकी बालेर काम चलाएऔं । नाकभरी धुवाका कारण कालो जम्थ्यो । त्यस्ता धेरै दुःख काटिसके पछि सामान्य किसिमको सोलार सिस्टमहरु आयो । अहिले पनि त्यहीबाट मात्रै जीवन चलिरहेछ । पुरानै युगमा हामी चलिरहेको अवस्था छ । यस्ता धेरै समस्यालाई अब विद्युत् विस्तारले विस्थापित गर्छ भन्ने आशा छ,’ उनको भनाइ छ ।

गाउँमा बिजुली भित्रेसँगै शिक्षा क्षेत्र र प्राविधिक विकास हुने प्रधानाध्यापक अधिकारीको विश्वास छ । कृषि उत्पादनमा राम्रो फड्को मारिहेको काउलेका किसानले फलफूल तरकारी बिग्रने समस्याबाट छुटुकारा पाउने उनले बताए । ‘कुटानी पिसानी गर्ने मिल चलाउनेदेखि लिएर यहाँ कृषि पनि हुन्छ । बजार नपाएको अवस्थामा समस्या थियो । अब त्यसलाई स्टोर गर्न सक्ने र प्रविधिले विकास भएका यन्त्रहरुलाई प्रयोग गर्न पाउने छौँ ।’ अधिकारीले अब टेलिभिजन हेर्न पाहिएला भन्ने नै यहाँका सबैलाई चाखको विषय भएको बताए ।

सोही वडा कोटारी गाउँकी फूलमाया चेपाङले चेपाङ बस्ती भने अन्धकारमै रहने गुनासो गरेकी छन् । डाँडा वारिपारि रहेको यो दुई गाउँमा काउले उज्यालो हँुदा कोटारी गाउँ अन्धकारमै रहने बताएकी हुन् । स्थानीय होमकुमार बुढाथोकीले गाउँपालिकाको अझै थुप्रै ठाउँमा बाटो र विद्युत्को विकास हुन बाँकी रहेको बताए । इच्छाकामनाको सबै वडामा समावेशी तरिकाले विकास गर्नुपर्ने उनले धारणा राखे । कतै उज्यालो कतै अध्यारो हुने खालको विकास चित्त बुझ्दो नभएको उनले जीकिर गरे ।

समाजसेवी तथा यूवा नेता सगुन रानामगरको पहलमा स्थानीय चुनाव नजिकिँदै गर्दा काउलेमा विद्युत् पुगेको हो । स्थानीय मगरले युवाले चाहे आफ्नो टोल गाउँ विकास गर्न खासै गाहे नभएको बताए । चुनाव लाग्दै २ नम्बर वडाको सबै क्षेत्रमा बिजुली बत्ती बाल्ने प्रयासमा रहेकोे बताए ।
इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिताकुमारी गुरुङले गाउँपालिकाको ७ वटै वडालाई विद्युतीकरणले छोएको बताएकी छन् । जोड्न बाँकी रहेको ठाउँहरुमा प्रक्रिया अगाडि बढाएको जानकारी उनले दिइन् ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहले समन्वय हुन नसक्नु विकासको बाधक भएको बताएका छन् । उनले स्थानीय सगुन राना मगर र समन्वयकर्ता धादिङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेलाई धन्यवाद दिएका छन् । समन्वय र प्रयासका कारण काउलेमा विद्युत लाइन ल्याउन सफल भएको उनको भनाइ छ ।

भरतपुरबाट विद्युत पु¥याउन टाडा पर्ने र खर्च बढी लाग्ने हुदा धादिङबाट बिजुली लगिएको हो । धादिङका प्रमुख न्यौपानेले ट्रान्समिटर जडान भएपछि माथिल्लो र तल्लो काउलेको हरेक घरमा बिजुली बल्ने बताए । एक हप्तासम्म लाग्न सक्ने उनले बताए । विकाससँगै त्यसले जोखिम पनि ल्याउने हुदा सतर्क भएर बिजुली प्रयोग गर्न आग्रह गरेका छन् । गैरकानुनी कार्यमा विद्युत्को प्रयोग नगर्न उनले सम्पूर्ण गाउँबासीलाई आग्रह गरेका छन् । काउलेसम्म बिजुली पु¥याउन १२७ विद्युतीय पोलको प्रयोग गरिएको छ । करिब डेढ करोड खर्च लागेको प्राधिकरणले जानकारी दिएको छ । यो आयोजनाबाट पहिलो चरणमा ८० घर लाभान्वित भएका छन् । समाजसेवी कल्पना पौडेल  , सुबास रानामगर, सरन रानामगर, ध्वज बहादुर रानामगर,बिजन बुढाथोकी  हरिप्रसाद पौडेल लगायत स्थानीय  व्यक्तिहरुको सक्रियतामा काउलेमा बिजुली बालिएको हो । 

बुधबार, चैत १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.