• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, भदौ ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

६३ करोड लगानीमा देवघाटमा तीनमुखे पुल बन्ने


चैत्र १४, चितवन ।चितवन र तनहुँ जिल्लामा पर्ने चर्चित धार्मिकस्थल देवघाटमा तीनमुखे पुल (ट्रिज) बन्ने भएको छ ।देवघाटमा तीन जिल्ला (चितवन, नवलपुर र तनहुँ) लाई जोड्ने गरी देवघाट ट्रिज आयोजना बन्ने भएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी धिरनबाबु घिमिरेका अनुसार पुल छिटोभन्दा छिटो निर्माण गर्नका लागि देवघाट क्षेत्र विकास समिति लागिरहेको छ । उनले समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलको संयोजकत्वमा त्रिकोणात्मक पुल कार्यान्वयन समिति पनि निर्माण गरिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ स्थानीय आवश्यकताले भन्दा पनि धार्मिक पर्यटनलाई आकर्षण गर्नको लागि पुल निर्माण गर्न लागिएको हो । भारतको हरिद्वार जस्तै नेपालको देवघाट क्षेत्रको वैभव र सभ्यता जोगाउँदै धार्मिक पर्यटकको संख्या बढाउन पनि यो पुल आवश्यक छ । ’ उनले पुलको डीपीआर तयार भएर बजेटको पर्खाइमा रहेको जानकारी दिए ।

Advertisement

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमातहतका स्थानीय पूर्वाधार विभागबाट कार्यान्वयन हुने यो आयोजनाको अनुमानित लागत ६३ करोड रुपैयाँ रहेको छ । विभागले यो आयोजनाको विस्तृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ । यसअघि यस्तो डिजाइनको पुल गुल्मी, पाल्पा र स्याङ्जालाई जोड्ने गरी रिडी क्षेत्रमा बनिरहेको छ । यस्तो संरचना निर्माण हुने दोस्रो गन्तव्य देवघाट बन्ने भएको छ । यी दुई क्षेत्र धार्मिक दृष्टिकोणबाट नेपालका चर्चित गन्तव्यमा पर्छन् ।

Advertisement

देवघाटमा त्रिशुली नदी र कालीगण्डकी नदीको दोभान क्षेत्रमा आयोजना बन्ने भएको छ । अहिले यस क्षेत्रमा रहेका तीन जिल्लालाई एक साथ जोड्ने अर्को संरचना छैन । चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिकालाई त्रिशुली नदीमाथिको झोलुंगे पुलले जोड्छ ।

यता, गैंडाकोट नगरपालिकाको कैलाडी र हर्दी क्षेत्र भने जोडिएको छैन । यस्तो तीन मुखे पुलले तीन जिल्लालाई एक साथ जोड्ने प्रतिवेदनमा उल्लेख छ । यसले सो भेगको धार्मिक तथा आर्थिक गतिविधिमा समेत वृद्धि हुने आयोजनाको दाबी छ । आयोजनाको कुल लागत ६३ करोड ३५ लाख ७५ हजार ५४० रुपैयाँ अनुमान गरिएको छ । यो पुलको आयु १०० वर्ष रहने रहने गरी डिजाइन गरिएको प्रतिवेदनमा उल्लेख छ । पर्यटकका लागि बनाइने भए पनि यस पुलले तीन जिल्लाका स्थानीयलाई पनि ओहोरदोहोर गर्न सहज हुने देवघाट क्षेत्र विकास समितिको विश्वास छ ।

सोमबार, चैत १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.