• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, भदौ ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ८. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ९. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • १०. बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

चितवनमा पुरुष भन्दा महिला मतदाता धेरै, ७५ मतदान केन्द्र थप


चैत्र १४, चितवन ।चितवनमा ८४ हजार मतदाता थपिएका छन् । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार अन्तिम मतदाता नामावलीको टुंगो लगाएको छ ।

Advertisement

आयोगले सार्वजनिक गरेको नामावली अनुसार यस पटक चितवनमा ८४ हजार ६८२ जना नयाँ मतदाता थप भएका हुन् ।  चितवनमा कुल तीन लाख ९७ हजार ६८५ जनाको नामावली सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालयले तीन लाख ९९ हजार ८७१ जनाले मतदाता नामावली आयोगमा पठाएको थियो । गत २०७४ सालको स्थानीय तह चुनावमा चितवनमा तीन लाख १३ हजार तीन जना मतदाता रहेका थिए ।

Advertisement

कुल मतदाता मध्ये महिलाको संख्या धेरै रहेको छ । आयोगका अनुसार चितवनमा महिला मतदाता दुई लाख चार हजार ६६७ जना रहेका छन् । भने पुरुष एक लाख ९३ हजार १८ जना रहेका छन् । अन्य एक जना छन् ।

भरतपुरमा धेरै, इच्छाकामनामा कम

चितवनका सात पालिका मध्ये भरतपुर महानगरपालिकामा सबै भन्दा धेरै मतदाता रहेका छन् । भरतपुरमा एक लाख ८५ हजार ७५२ जना मतदाता रहेका छन् । ति मध्ये ८८ हजार ८८४ पुरुष हुन् भने ९६ हजार ८६७ महिला हुन् । अन्य एक जना रहेका छन् ।

सात पालिका मध्ये इच्छाकामना गाउँपालिकामा सबै भन्दा कम मतदाता रहेका छन् । आयोगका अनुसार इच्छाकामनामा आठ हजार २४२ पुरुष र सात हजार ३९२ महिला गरी कुल १५ हजार ६३४ मतादाता रहेका छन् ।

कालिका नगरपालिकामा १५ हजार ५६० पुरुष र १५ हजार ५९७ महिला गरी कुल ३१ हजार १५७, खैरहनीमा २० हजार ७३२ पुरुष र २२ हजार ७९९ महिला गरी ४३ हजार ५३१ तथा माडीमा १३ हजार ७५८ पुरुष र १४ हजार ५६२ पुरुष गरी २८ हजार ३२० मतदाता रहेका छन् ।

यस्तै रत्ननगरमा ५२ हजार ६४२ जना मतदाता रहेका छन् । जस मध्ये २५ हजार ३४७ पुरुष हुन् भने २७ हजार २९५ महिला हुन् । उता राप्तीमा २० हजार ४९५ पुरुष र २० हजार १५४ गरी ४० हजार ६४९ मतदाता रहेका छन् ।

७५ मतदान केन्द्र थपिए

बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि चितवनमा ७५ मतदान केन्द्र थप भएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार यस पटक चार सय ५१ मतदान केन्द्र तय भएका छन् । गत २०७४ को स्थानीय तह निर्वाचनमा तीन सय ७६ मतदान केन्द्र रहेका थिए ।

कार्यालयका निर्वाचन अधिकारी भिमसेन कार्कीका अनुसार सबै भन्दा धेरै भरतपुर महानगरपालिकामा दुई सय दुई मतदान केन्द्र रहेका छन् । यस्तै इच्छाकामनामा इच्छाकामनामा २२, कालिकाका ३७, खैरहनीमा ५१, माडीमा ३२, रत्ननगरमा ६० र राप्तीमा ४७ मतदान केन्द्र रहेका छन् ।

यस्तै यस पटक एक सय ६१ मतदान स्थल तय भएका छन् । जस अनुसार इच्छाकामनामा १४, कालिकामा ११, खैरहनीमा १७, भरतपुरमा ६५, माडीमा १५, रत्ननगरमा २१ र राप्तीमा १८ मतदान स्थल रहेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पनि एक सय ६१ नै मतदान स्थल रहेका थिए ।

रावल चितवनको प्रमुख निर्वाचन अधिकृत

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आयोगले चितवनको प्रमुख निर्वाचन अधिकृत हेमन्त रावललाई तोकेको छ । चितवन जिल्ला अदालतका न्यायाधिश रावल भरतपुर महानगरपालिकाको निर्वाचनमा खटिनेछन् ।

रत्ननगर नगरपालिकाको निर्वाचन अधिकृतको रुपमा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव विनोद कुमार गौतमलाई तोकिएको छ भने जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजाललाई राप्ती नगरपालिकाको निर्वाचन अधिकृत तोकिएको छ ।

यस्तै खैरहनीको निर्वाचन अधिकृत खैरहनी नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशका उपसचिव सरस्वती पौडेल, माडी नगरपालिकामा जिल्ला समन्वय समिति चितवनका समन्वय अधिकारी चुडामणि शर्मा गौतम र इच्छाकामना गाउँपालिकामा चितवन जिल्ला अदालतका स्रेस्तेदार ईश्वर आचार्यलाई तोकिएको छ ।

सोमबार, चैत १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ४.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.