चैत्र १४, काठमाडौं ।त्रिदेशीय टी-२० शृङ्खलाकाे पहिलाे खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराएकाे छ ।नेपालले दिएकाे एक सय ८४ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १९ ओभर २ बलमा एक सय ६८ रनमा अलआउट भयाे । पीएनजीका नाेरमान भानुआले सर्वाधिक ५२ रन बनाए । यस्ते सेसे बाउले ३०, चार्ल्स अमिनीले २२ र लेगा सिकाले २१ रन जाेडे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले तीन/तीन विकेट लिए । यस्तै अविनाश बाेहराले दुई र साेमपाल कामीले एक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ८३ रन बनायाे । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४३ रन बनाए । यस्तै राेहित पाैडेलले ३४, आरिफ शेखले ३१ र कुशल भुर्तेलले २० रन जाेडे । बलिङतर्फ पीएनजीका एली नाओ, चाद साेपर र चार्ल्स अमिनीले २/२ विकेट लिए ।
नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी–२० शृङ्खला आजदेखि सुरु भएकाे हाे । नेपालले दोस्रो खेलमा पर्सि बुधवार मलेसियासँग र आउँदो बिहीवार पपुवा न्युगिनीसँग खेल्ने छ ।


