चैत्र १२, चितवन ।नारायणगढस्थित सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालीमा करको नाममा ब्यानर च्यातेर कार्यालयमा क्षति पुर्याउनेलाई कारबाहीको माग गरिएको छ ।
सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईवी) ले करको नाममा ब्यानर च्यात्ने र कार्यालयका क्षति पुर्याउनेलाई कारबाहीको माग गरेका हुन् । उनले भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ चितवन र नेपाल शैक्षिक परामर्श संघ चितवनलाई पत्र पठाएर दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
उनले कलेजले बिगतका वर्षको सबै कर तिरेको समेत पत्रमा स्पष्ट परेका छन् । कोभिड १९ का कारण बाँकी रहेका कर पनि तिर्ने पक्षमा रहँदा रहँदै कार्यालयमा प्रवेश गरेर बोर्ड च्यात्ने र फाल्ने कार्यले दुखिद बनाएको पौडेलले पत्रमा भनेका छन् ।
भरतपुर महानगरपालिकामा विज्ञापन कर उठाउने जिम्मा पाएको भरतपुर ११ स्थित प्रनिश कन्स्ट्रक्सनले कलेजको कार्यालय भित्र प्रवेश गरी ब्यानर च्यात्ने र तोडफोड गर्ने कार्य गरेको थियो ।


