चैत्र ११, चितवन ।आज (शुक्रबार) पश्चिम चितवनका विभिन्न ठाउँमा बिजुली जाने भएको छ । चनौली वितरणकेन्द्रका अनुसार मघौली फिडर अन्तर्गतको चनौली बजार क्षेत्रमा ११ केभी लाइन अबग्रेड गर्नुपर्ने भएकाले विद्युत अबरुद्ध हुन लागेको नेपाल विद्युत प्राधिकरणको सूचनामा उल्लेख छ ।
विहान ६ बजेदेखि ११ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।चनौली बजार,ज्योतिनगर,खत्रौली,पर्साढाप,खयरघारी,तेलौली,जितपुर गोलाघाट र शोसी आसपासका क्षेत्रमा विद्युत अबरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
Advertisement



