चैत्र १०, चितवन ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेता कार्यकर्तालाई आउदाे चुनावमा केन्द्रीत हुन निर्देशन दिनुभएकाे छ । दु:ख परेको बेला माओवादी चाहिने दावी गर्दै आगामी चुनाव जित्नुपर्ने बतउनुभयाे । माओवादीले जित हासिल गरेमात्र संबिधानको रक्षा हुने उहांको दावी
माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन असफल पारेर गणतन्त्रको उपलब्धि रक्षा गर्न केही हदसम्म सफल भएकाे भन्दै साे कुरा बताउनुभएको हाे ।
नेकपा एमाले प्रती ईङ्कित गर्दै प्रचण्डले नेकपा माओवादीलाई सिध्याउन निरन्तर घेराबन्दी गरीरहेको र संबिधान सभा बिघटन त्यसैको परिणाम भएको आरोप लगाउनु भयो ।
उहाले भन्नू भयो ” तर बिघटनको प्रयासलाई गठबन्धन गरेर पराष्त पर्न सफल भयौ । हिजो हामीलाई घेरा हाली सखाप पार्ने रणनिती बनाएका राजनिति दल र नेताहरूले षड्यन्त्र गर्न छाडेका छैनन्। हामी त्यसको निरन्तर प्रतिरोध गरिरहेका छौ । ”
अगुवा कार्यकर्ताहरूलाई निर्देशन दिदै षड्यन्त्रकारीहरू विरूध निरन्तर प्रतिरोध गर्न र घेराबन्दी तोड्न अग्रह गर्नु भयो ।
आफुहरू अझै पनि युध्दमा रहेको भन्दै माओत्सेतुङकाे भनाइ लाई सापटी लिदै प्रचण्डले भन्नुभयाे ,” युध्द दुई प्रकारका हुन्छन् ।पहिलो रक्तपात पूर्ण राजनीति हो अर्को रत्कपात हिन राजनीतिमा छौ । अहिले हामी हिंसामा पनि छैनाैं र हतियार पनि उठाछैनाैं तर राजनितिबाट माओवादिलाइ सखाप पार्न लागिपरेकालाई प्रतिराेध गरिरहेका छाैं । ”
चुनाव नजिक रहेकाे भन्दै षड्यन्त्र गर्नेहरुविरुद्द अलर्ट रहन आग्रह गर्नुभयाे । हिजाे संसद विघटन गर्नेहरुनै अहिलेपनि संसद अवरुद्ध पारिरहेकाे उहांकाे भनाइ थियाे । याे पनि प्रतिगमनकै षड्यन्त्र भएकाे भन्दै निरन्तर सचेत भई यसका विरुद्ध लडिरहेकाे बताउनुभयाे ।
साथै माडिमा गएकाे चुनाव भन्दा अझवढी संगठन मजबुद भएकाे भन्दै माडी कमिटी लाई चुनाव केन्द्रीत कार्यक्रम गर्न निर्देशन दिनुभयाे ।
चुनावमा केन्द्रीत; हुन नेता कार्यकर्तालाई प्रचण्डकाे निर्देशन
चुनावमा केन्द्रीत; हुन नेता कार्यकर्तालाई प्रचण्डकाे निर्देशन
Advertisement
तपाईको प्रतिक्रिया


