फागुन ०८, चितवन । हेयर एन्ड शान्ति सैलुनको आयोजनामा ३ महिने व्युटिपार्लर तालीम शुभारम्भ भएको छ ।भरतपुरनगरपालिकाको सहयोगमा महिला तथा बालबालिका सङ्ग उपमेयर कार्यक्रम अन्तर्गत एकल, आर्थिक रुपले विपन्न, हिंसा प्रभावित ,महिलाहरुलाई स्वरोजगारको माध्यमबाट आत्मनिर्भर बन्न अभिप्रेरित गर्ने उद्देश्यका साथ सो कार्यक्रम सुरु गरीयको हो ।
सीप तथा व्यावसायिकतामा आधारित सिपमुलक तालिम अन्तर्गत तीन (३ ) महिने तालिम महिला बिकास प्रमुख शान्त कुमारी पौडेलको अध्यक्षतामा तथा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा समाजसेवी मिना खरेल, महिला उद्यमी एब समाजसेवी पूर्णिमा श्रेस्ठ ,शान्ति पिया लगायतको उपस्तिथि रहेको थियो । तालिमको प्रमुख प्रशिक्षकमा शोभा गौतम खड्का रहनुभएको थियो । तालिममा २० जना भन्दा प्रशिक्षार्थिहरुको सहभागिता रहेको हेयर एन्ड शान्ति एकेडेमीकि संचालिका सनुजा श्रेष्ठले जानकारी दिनुभयो ।

