फागुन ०३, चितवन । स्वस्तिक नेपाल भरतपुरको १६ औ स्थापना दिवस एब वार्षिक साधारण शभा विभिन्न कार्यक्रम का साथ सम्पन्न भएको छ । सो अबसरमा संस्थाले देवघाट समाज कल्याण केन्द्र ,बृद्रस्रम देवघाट मा आश्रित हरूको सम्मान सहित भोजन सेवा एब खाद्य सामग्री सहायोंग गरेको छ ।संस्थाका पूर्व अध्यक्ष सुदीपसिंह अधिकारी एवं सदस्य सूजनसिंह अधिकारीका पिता नेपाली सेनाका पूर्व प्रमुख सेनानी स्व.झलकमान सिंह अधिकारी को समझानामा उहाँहरूले संस्था मार्फ़त भोजनसेवा गराउनु भएको हो भने कार्यक्रम संयोजक नारायण क़ंड़ेल ले सामग्री सहयोग गर्नु भएको थियो ।साथै सो संस्थाको अक्षयकोष निर्माण को लागि रू १५हज़ार ५ सय ५५ रुपया सो समाज कल्याण केन्द्र लाई सहयोग गरी आजीवन सदस्यता समेत लियको छ ।

सोही अवसरमा सम्पन्न साधारण सभाले महासचिव बिमल अधिकारी ले प्रस्तुत गर्नु भएको वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष इस्वरी पण्डित ले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन सर्वसम्मत ले पारित भएको छ । स्वस्तिकनेपाल का संस्थापक अध्यक्ष हिरामान महर्जन को प्रमुख आतिथ्यता मा आयोजित सो कार्यक्रम अध्यक्ष राजन अधिकारी को अध्यक्षता एब नारायण क़ंड़ेल को संयोजक़त्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा पूर्व अध्यक्ष हरू सुदीपसिंह अधिकारी , गणेश प्रसाद पौडेल, बालकृष्ण क़ंड़ेल, भरत मल्ल , देवघाट समाज कल्याण केन्द्रका संयोजक प्रबिण कार्कि, प्रमुख देबू अधिकारीलागयतको सहभागिता रहेको थियो । बि.स.२०६३ साल मा स्थापित स्वस्तिक नेपाल एक ग़ैर सरकारी संस्था हो , स्थापना देखी नै यस संस्थाले स्वास्थ्य , सैक्षिक़ एब युवा हरूको क्षेत्रमा विभिन्न तालीम, अभियान हरू संचालन गर्दै आयको छ ।


