बिनिता कडेल
फागुन १ चितवन । भरतपुर महानगरपालिका भएसङ्गै बिकास निर्माणका कामहरु तिब्र रुपमा भैरहेको छ तर यसरी बिकास निर्माण भैरहदा सम्बन्धित निकायले ट्राफिक लाईटलाई वेवास्था गरेको छ ।
तीन वर्ष अगाडि भरतपुरको मुख्य बजारमा ट्रफिक लाईट जडान गरिएको थियो तर ३महिना पनि हुन नपाउदै समस्या देखियो भनेर निकालियो । त्यसलाई हालसम्म पनि सम्म त्यो ट्राफिक लाईट कहाँ छ ? मर्मत भयो कि नाई कुनै अत्तोपत्तो छैन ।
बिकासको नाममा भाषण मात्र गरे तर भएको सरकारी सामान को समेत राम्रोसँग सदुपयोग गर्न सकेनन् ।
भरतपुर लगयत नारायणगढका अधिकाम्स ठाउहरुमा बिहान र बेलुकाको समयमा सधैं बाटो जाम हुने गर्छ । ट्राफिक लाईट नभएको कारण यात्रुहरुले बाटो काट्न असहज महसुस गर्ने गरेका छन् भने अर्को तिर दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्दो क्रममा रहेको छ ।
भरतपुर महानगरपालिकालाई स्मार्ट सिटि भनेर घोषणा गरियो । ठूलाठूला योजना बनाएर अघि बढेको महानगरले ट्राफिक लाईटलाई बेवास्ता गरेको प्रस्ट देखिएको छ ।
चुनाव आउन लायो भने पछि यो गर्छु त्यो गर्छु भन्ने ?ठाउँमा पुगे पछि कानमा तेल हालेर बस्ने गर्ने जनप्रतिनिधिहरुको व्यवहार प्रस्ट देखिन्छ । बिकासले तिब्रता लिएसङ्गै भरतपुरमा निजी सवारी साधनहरुको चाँप दिनानुदिन बढिरहेको छ । निजी सवारी साधन जथाभावी चल्दा नारायणगढ बजारको ट्रफिक ब्यबस्थापन फितलो छ ।
जिल्ला ट्रफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक भगवान राज थापाका अनुसार हामीले भएको कुरा संरक्षण गर्ने हो । ट्राफिक लाईट जडान गर्ने काम महानगरको हो । आफुलाई ट्राफिक लाईट बारे कुनै कुरा थाहा नभएको उनी भन्छन् ।
यसरी ट्राफिक लाईटलाई अनदेखा गर्दा त्यसले अनेक धटना निम्त्याउने कुरामा कुनै शङ्खा छैन तर पनि सम्बन्धित निकायले यस्तो संबेदनसिल बिसयमा पनि खासै ध्यान दिन सकेको छैन ।


