फागुन ०१, चितवन ।चितवनमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
एक सय ७० जनाको पिसिआर परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै जिल्लाभर संक्रमितको संख्या ३३ हजार तीन सय ९८ पुगेको छ ।
Advertisement
यता यही अवधिमा एक सय ७६ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ३१ हजार सात सय पुगेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
एक हजार दुई सय ५२ जनामा भने अझै कोरोना सक्रिय छ । उनीहरु मध्ये एक हजार दुई सय २४ जना होम आइसोलेसनमा छन् भने २८ जना अस्पतालमा छन् । कोरोनाबाट चितवनमा अहिलेसम्म चार सय ४६ जनाको ज्यान गएको छ ।


