माघ २७, काठमाडौं ।मकवानपुर प्रहरीले चोरी भएको स्कुटर फेला पारेर सवारी धनीलाई बुझाएको छ । हेटौडा उ.म.न.पा. वडा नं. ५ की चेत कुमारी सापकोटाको बुधवार स्कुटर फेला पारी बुभाएको हो ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार हेटौडा उ.म.न.पा. वडा नं.२ कुमारी बैंक नजिक रहेको त्रिमुर्ति होटल अगाडी पार्किङ गरी राखेको ना. ३४ प २३८४ नं. को स्कुटर हराएको सूचनाको आधारमा स्कुटरको खोजतलास गर्ने क्रममा आज वडा नं. ४ मा फेला पारेको हो ।
Advertisement
बुधवार कार्यालयका कार्यालय प्रमुख सुरेन्द्र बहादुर गुरुङ्गबाट स्कुटर धनीलाई बुझाईएको प्रहरीले जनाएको छ ।

