माघ २६, चितवन ।चितवनमा ६४ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको मोडेर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार माघ २३ गतेदेखि सुरु गरिएको खोप तीन दिनमा ४७ हजार ९६९ जनाले लगाएका हुन् ।
जसमध्ये हालसम्म भरतपुर माहानगरपालिकाका २६ हजार ८२७ जना बालबालिकाले मोडेर्ना खोप लगाएका छन् । भने खैरहनी नगरपालिकामा ३८९, माडी नगरपालिकामा ३ हजार ११४, रत्ननगर नगरपालिकामा ८ हजार २२०, राप्ती नगरपालिकामा ३ हजार ९९८, कालिका नगरपालिकामा ३ हजार ५९० र इच्छाकामना गाउँपालिकामा १ हजार ८३१ जना बालबालिकाले खोप लगाएका छन् ।
जिल्लाभर खोप लगाउनुपर्ने विद्यार्थीको संख्या ७४ हजार रहेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार यस चरणमा भरतपुर महानगरका चाप बढी भएका कारण शुक्रबारसम्म लगाइने भएको छ। भने अन्य पालिकामा भोलिसम्म रहेको छ। बालबालिकालाई खोप दिइनेछ । खोपको अन्तिम दिनसम्म पनि सबै बालबालिका खोप लगाउन नआएको खण्डमा अर्को चरणमा सूचना जारी गरी छुटफुटलाई खोप लगाइने उनले बताए ।
चितवनका विद्यालयमा पढ्ने बाहिरी जिल्लाका बालबालिकाहरु विदामा गृहजिल्ला गएका कारण चितवनमा खोप लगाउने विद्यार्थीको संख्या कम हुन सक्ने उनी बताउँछन् । उनी भन्छन् ‘नवलपुर घर भई चितवन पढ्न आएका विद्यार्थीले गृह जिल्लामानैै खोप लगाइसकेका छन् । अन्य जिल्लाबाट भने केही सूचना आएको छैन ।’

