माघ २५, काठमाडौं ।मकवानपुरका विद्यालय तथा शैक्षिक संस्थाले फागुन १ गतेबाट भौतिक उपस्थितिमा नै पठनपाठन क्रियाकलाप संचालन गर्न पाउने भएका छन् ।
कोरोना संक्रमणको जोखिमको कारण अनलाइनमार्फत् कक्षा संचालन गर्दै आएका विद्यालयहरु आउँदो फागुन १ बाट पूर्ण रुपमा खुलाउन जिल्ला प्रशासन कार्यलय मकवानपुरले अनुमति दिएको छ । सोमवार प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जारी गरेको आदेशमा फागुन १ गतेबाट विद्यालय संचालन गर्न सकिने जनाइएको छ ।
Advertisement
जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेबाट विद्यलय संचालन गर्न सकिने आदेशमा उल्लेख छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा अवलम्वन गरेर मात्रै शिक्षण सिकाई क्रियाकलाप गर्न निर्देशन दिइएको छ ।


