माघ २१, चितवन ।अमेरिकी अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा चितवनमा प्रदर्शन भएको छ ।
नेकपा क्रान्तिकारी माओवादीले आज (शुक्रबार) चितवनको नारायणगढमा विरोध प्रदर्शन गरेको हो । एमसीसीको विरोधमा लायन्सचोकबाट पुल्चोकसम्म विरोध र्याली निकालिएको थियो ।र्यालीमा एमसीसीविरुद्धको नारा लगाईएको थियो ।
Advertisement

याली पुल्चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य धनराज सापकोटा (बिकास) र चितवन जिल्ला इन्चार्ज अशोक शर्माले सम्बोधन गरेका थिए ।
उनीहरुले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि एमसीसी खारेजको माग गरेका छन् । एमसीसी राष्ट्रको हितमा नरहेको उनीहरुको भनाई थियो ।


