माघ २०, मकवानपुर ।मकवानपुर प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ६० वटा सवारीसाधनलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले बुधबार जिल्लाको विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा ६० वटा सवारीसाधनलाई कारबाही गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, जिल्लाको विभिन्न स्थामा प्रहरीले छड्के चेकजाँच गर्दा ट्राफिक नियम उल्लङ्घन गरेको पाइएकोले ती सवारीसाधनलाई कारबाही गरेको हो । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, हेटौंडा–११, हेटौंडा–१५, मनहरी गाउँपालिका वडा नम्वर ७, भीमफेदी गाउँपालिका वडा नम्वर २ लगायत स्थानमा चेकजाँच गरेको थियो ।
सोही क्रममा ट्राफिक नियम उल्लङ्घन गरी ओभर लोड बाक्ने टिपर, अटो र मोटसाइकललाई कारवाही गरिएको हो ।

