• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

अलमुताइरी आएपछि डेब्यू गर्ने खेलाडी १० पुग्यो


माघ १६, काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी युवा खेलाडीका लागि अवसर दिने मामलामा अघि छन् । नेपालको प्रशिक्षक भएयता नै उनले सुरुवातदेखि नयाँ खेलाडीलाई अवसर दिँदै आएका छन् ।

Advertisement

शनिबार नेपालले अफ्रिकन राष्ट्र मरिससविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दा पनि अलमुताइरीले दुई खेलाडीलाई डेब्यू गर्ने अवसर दिए । दशरथ रंगशालामा भएको खेलमा विमल घर्ती मगरले दुई वर्षभन्दा बढी समयपछि राष्ट्रिय टिममा पुनरागमन गर्दै गोल गरेपछि नेपालले मोरिससलाई १-० ले हरायो । यस खेलको अन्त्यतिर मिडफिल्डर सुदीप गुरुङ र आकाश बुढा मगरले वैकल्पिक खेलाडीको रूपमा म‌ैदान प्रवेश गर्द‌ै डेब्यू गरे ।

Advertisement

सुदीपले ८५ मिनेटमा सुरजज्यु ठकुरी र आकाश ईन्जुरी टाइममा तेज तामाङको स्थानमा मैदान प्रवेश गरेका थिए । संयोगबस यी दुवै खेलाडी घरेलु फुटबल एउटै क्लब सातदोबाटोबाट खेल्छन् । शहीद स्मारक ए डिभिजन लिगमा पहिलो पटक खेलिरहेका सातदोबाटो युथ क्लबका लागि दुवैले राम्रो प्रदर्शन गरिरहेका छन् ।

सुदीप र आकाशसँगै सातदोबाटोका अर्का खेलाडी प्रशान्त अवस्थी पनि शनिबार मोरिससविरुद्ध खेल्ने टिममा थिए । तर, उनले खेल्ने अवसर भने पाएनन् । हिलो खेलका लागि यी तीनसँगै जावलाखेल युथ क्लबका गोलकिपर टिकेन्द्र थापा गरी चार खेलाडी पहिलो पटक राष्ट्रिय टिममा परेका थिए ।

यस्तै, मंगलबार हुने मोरिससविरुद्धको दोस्रो खेलका लागि अलमुताइरीले घोषणा गरेको नेपाली टिममा अन्य ५ नयाँ खेलाडी छन् । त्यस खेलमा पनि नयाँ खेलाडी खेलेमा उनको प्रशिक्षणमा डेब्यू गर्नेको संख्या बढ्नेछ । सुदीप र आकाशले शनिबार खेलेपछि अबदुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपालबाट डेब्यू गर्ने खेलाडी १० पुगेका छन् ।

गत चैतमा नेपालको प्रशिक्षक बनेका अलमुताइरीले एक वर्ष पनि नबित्दै १० खेलाडीलाई डेब्यु गराइसकेका हुन् । त्यसमा उनले नेपाली टिम सम्हालेको पहिलो खेलमा नेपालले ईराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्दा गौतम श्रेष्ठ र मनिष डाँगीलाई डेब्यू गराए । यस्तै कुवेतमा भएको विश्वकप छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा कमल थापा, आयुष घलान र सुरजज्यु ठकुरीले ईन्जुरी टाइममा खेल्दै डेब्यू गरे ।

यसैगरी नितिन थापा, विशाल श्रेष्ठ र राजन गुरुङले भारतविरुद्ध दशरथ रंगशालामै भएको खेलमा डेब्यू गरे । अलमुताइरीको आगमनपछि दशरथ रंगशालामै नेपालका लागि डेब्यू गर्ने खेलाडी पाँचजना भइसकेका छन् । नयाँ खेलाडीलाई डेब्यू गराउँदै एक्पोजर र अनुभव बटुल्ने माौका दिएका अलमुताइरीले दोस्रो खेलमा पनि केही खेलाडीलाई डेब्यू गराउन सक्ने सम्भावना छ ।

आइतबार, माघ १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.