माघ १४, चितवन ।जिल्ला प्रशासन कार्यलय चितवनको स्थगित सेवा आईतबारबाट सुचारु हुने भएको छ । प्रशासनले आज (शुक्रबार) एक सुचना जारी गर्दै आंशिक रुपमा स्थगित गरिएका नियमित सेवाहरु पुष १६ गते आईतबारबाट सुचारु हुने जनाएको छ
कार्यालयमा कार्यरत कर्मचारीहरु कोरोना संक्रमित भई आईसोलेसनमा रहेकाले यही पुष ७ गते देखी १४ गते सम्म आंशिक रुपमा सेवाहरु स्थगित गरिएको थियो । स्थगित सेवाहरु पुष १६ गते आईतबार देखी सुचारु हुने भएको छ ।
Advertisement
साथै कार्यालयमा सेवा लिन जाँदा स्वास्थ्य मापदण्ड पालना गरी अनिवार्य रुपमा खोप कार्ड लिएर जान समेत अनुरोध गरेको छ ।


