भरतपुर, माघ १३।
भरतपुरको मालपोत चोकमा कर्मा रेस्टुरेन्टले आफ्नो तेस्रो शाखा सञ्चालन गरेको छ। कोरोना महामारीलाई ध्यानमा राखी भिडभाड नगरी आज एक सामान्य तवरले रेस्टुरेन्टको उद्घाटन गरिएको हो।
चार करोडको लगानीमा सञ्चालन गरिएको कर्मा रेस्टुरेन्टको तेस्रो शाखा केहि समय पछि पुनः ग्रेन्ड ओपनिङ गरिने रेस्टुरेन्टका संचालक अमित अधिकारीले जानकारी दिए। तासको लागि प्रसिद्ध रहेको कर्मा रेस्टुरेन्टमा अन्य खाना तथा नास्ताका परिकारहरु पनि पाइन्छ। गुणस्तरीय खानाका परिकार प्रदान गर्ने उद्देश्यका साथ आफुहरुले रेस्टुरेन्टको तेस्रो शासा बिस्तार गरेको अधिकारीले बताए।

३ महिला सहित १९ जनालाई रोजगारी समेत प्रदान गरेको कर्मा रेस्टुरेन्टको पहिलो शाखा नारायणगढको लायन्स चोक, दोस्रो शाखा काठमाडाैंको चाबहिल र तेस्रो शाखा भरतपुरको मालपोत चोकमा रहेको छ।


होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष इमान्दु बरालले आज तेस्रो शाखाको उद्घाटन गरेका हुन्

