माघ ११,काठमाडौं ।बोरुसिया डर्टमण्डका सर्वाधिक गोलकर्ता अर्लिङ हालान्ड चोटका कारण मैदानबाहिर बस्नुपर्ने भएको छ । क्लबले उनको मांसपेशीमा समस्या देखिएको जानकारी दिएको छ । शनिबार होफनहाइमविरुद्ध जीत हासिल गर्ने क्रममा ६३ औँ मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।
त्यसअघि खेलमा २१ वर्षीय नोर्वेजियन खेलाडीको दाहिने घुँडामा उपचार गरेर मैदानमा पुनः फर्किएका थिए । तर उनले पुरै खेल खेल्न सकेनन् । आइतबार र सोमबार उनको स्वास्थ्य परीक्षण गरिएको थियो । ‘हालान्डको मांसपेशीमा समस्या देखिएको छ र आगामी दिनमा थप परीक्षण र उपचारको आवश्यकता रहेको छ,’ डर्टमण्डले आफ्नो वेबसाइटमा सोमबार जानकारी दिएको छ ।
Advertisement


