माघ १०, चितवन । मालपोत कार्यालय भरतपुरका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा एक हप्ताका लागि बन्द गरिएको छ ।
मालपोत कार्यालयका प्रमुख शेरबहादुर भण्डारीले मालपोतका ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । कोरोना संक्रमण हुने कर्मचारीमा कार्यालय प्रमुख, एक अधिकृत, मुद्दा शाखाका दुई जना सुब्बा र एक सवारी चालक रहनुभएको छ ।
Advertisement
कार्यालयले आज (सोमबार)एक सुचना जारी गर्दै कार्यालयको आन्तरिक तथा प्रशासनक कार्यबाहेक कार्यालयका अन्य सेवाहरु आजबाट माघ १६ गते सम्म स्थगित भएको जनाएको छ ।संक्रमित कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीहरु होम आइसोलेसनमा बस्न परेको हुनाले सेवा प्रवाह सुचारु गर्न नसकिएको जनाईएको छ ।



