माघ ०८, चितवन ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शक्तिखोरमा निर्माण हुन लागेको औद्योगिक क्षेत्रकोे निरिक्षण गर्नुभएको छ ।
औद्योगिक क्षेत्रलाई प्रदेश सरकारले गर्न सक्ने सहयोगको विषयमा छलफल र स्थलगत निरिक्षण गरिएको औद्योगिक क्षेत्र संयोजक एवं संघका पूर्व अध्यक्ष भेषराज दुवाडीले जानकारी दिनुभयो ।
Advertisement
सो अवसरमा बागमती प्रदेशका मन्त्री घनश्याम दाहाल, बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णराज पन्त, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
सरकारले औद्योगिक क्षेत्र स्थापनाका लागि शक्तिखोरमा स्थान पहिचान भए पनि बजेट अभावका कारण काम अगाडि बढ्न सकेको छैन् ।

