माघ ०६, चितवन ।चितवनमा आज एकैदिन ३२२ जनामा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य कार्यालय चितवनको अनुसार विगत २४ घण्टामा भरतपुर महानगरपालिकामा २६३ जना, खैरहनी नगरपालिकामा १६ जना, माडी नगरपालिकामा १५ जना, रत्ननगर नगरपालिकामा १५ जना, राप्ती नगरपालिकामा सात जना, कालिका नगरपालिकामा दुई जना र इच्छाकामना गाउँपालिकामा चार जनालाई कोरोना संक्रमण भएको हो ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ८०० पुगेको छ जसमध्ये घरमा आइसोलेसनमा एक हजार सात सय ५६ जना र अस्पतालको आइसोलेसनमा ४४ जना रहेका छन् । नयाँ लहर आएसँगै कोरोनाको कारणले चितवनमा कसैको मृत्यु भएको छैन । अहिलेसम्म चितवनमा कोरोनाको कारणले ४३७ जनाले ज्यान गुमाएका छन् ।
Advertisement

