• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शुक्रबार, कार्तिक १३, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

चाडपर्वमा कृत्रिम अभाव र ठगी रोक्न तीव्र बजार अनुगमन, काठमाडौँ उपत्यकामा दैनिक १० टोली खटाइँदै

लोकप्रिय समाचार

  • १. स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २. हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक

भरतपुर महानगरपालिकाले ११४ ऐनकानून निर्माण गर्‍यो

माघ ०२ ,चितवन ।भौतिक पूर्वाधार विकासमा अग्रणी देखिएको भरतपुर महानगरपालिकाले ऐनकानून निर्माणमा पनि प्राथमितामा राखेको छ । महानगरपालिकाल हालसम्म ११४ कानून निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।

Advertisement

महानगरपालिकाले २२ ऐन, ११ निर्देशिका, ६३ कार्यविधि, १२ मापदण्ड र ६ नियमावली बनाएर कार्यपालिका र नगरसभाबाट पास गरिसकेको जनाएको छ । उपप्रमुख पार्वती शाह ठकुरीका अनुसार आन्तरिक नियन्त्रण, सहकारी संस्था दर्ता, प्रारम्भिक बालशिक्षा केन्द्र एवं शिशु विकास केन्द्र व्यवस्थापन, पूर्वतयारी कक्षा तथा भाषा शिक्षकसम्बन्धी, विज्ञापन कर, प्रारम्भिक बाल शिक्षा केन्द्र एवं शिशु विकास केन्द्र व्यवस्थापन पहिलो संशोधन निर्देशिका तयार भई कार्यान्वयनमा आएको छ ।

Advertisement

यसैगरी सहकारी संस्थाको साधारणसभा, बालमैत्री स्थानीय शासन कार्यान्वयन, महानगरको बालक्लब, आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य पूर्वाभ्यास र सहकारी संस्थाको साधारणसभाको प्रथम संशोधन निर्देशिकासमेत तयार भई कार्यान्वयनमा आएको उनले जानकारी दिइन् ।

उनका अनुसार शिक्षा, न्यायिक समिति, सहकारी, आर्थिक, विनियोजन, प्रशासनिक कार्यविधि, सार्वजनिक निजी साझेदारी, नगर विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, राजस्व, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षणसम्बन्धी ऐन बनेर कार्यान्वयनमा आएको छ । जनस्वास्थ्य, स्थानीय सेवाका कर्मचारीहरुको समायोजनसम्बन्धी ऐनसँगै अधिकांश ऐनहरू संशोधनसमेत भएको उनले बताइन् ।

महानगरले सहकारी सङ्घसंस्था सञ्चालन अनुगमन तथा नियमन लक्षित वर्गको उत्थान एवं सबलीकरण कार्यक्रम सञ्चालन आवासीय बालगृह सञ्चालन, चक्रपथको स्वीकृति एलाइभमेन्ट, सहकारी संस्था सञ्चालन, अनुगमन तथा नियमन, डिजिटल डिस्प्ले बोर्ड, विज्ञापन होडिङ बोर्ड तथा विद्युतीय प्रचारप्रसार सामग्री नियमन, विपन्न सदस्यको दिगो जीविकोपार्जनका लागि व्यवस्था, स्थापनार्थ बीउ पूँजी अनुदान मापदण्ड बनाएको छ ।

यस्तै मध्यम अपाङ्ग भएका व्यक्तिहरुका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन, महानगरस्तरीय विपत् राहत, आमसञ्चार माध्यमहरुलाई वितरण गरिने लोककल्याणकारी विज्ञापन वितरण मापदण्ड बनेको उनले जानकारी दिइन् । उपप्रमुख ठकुरीका अनुसार कार्यसम्पादन, निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण, नगरपालिका कार्यविभाजन, महानगरको सार्वजनिक खरिद, प्रशासनिक कार्यविधि नियमित गर्ने र सार्वजनिक, निजी साझेदारी नियमावली बनेर कार्यान्वयनमा आएको छ ।

महानगरले कर्मचारी व्यवस्थापन, कार्यपालिका बैठक, नगरसभा सञ्चालन, उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन, निर्माण व्यवसायी इजाजतपत्र, वडास्तरीय पशुपक्षी तथ्याङ्क प्रोफाइल र दुग्ध उत्पादन र बजारीकरणका आधारमा अनुदानसम्बन्धी कार्यविधि कार्यान्वयन गरिरहेको जनाएको छ ।

यस्तै पशुस्वास्थ्य शिविर, छात्रवृत्ति व्यवस्थापन, स्थानीय राजपत्र प्रकाशन, नक्सा पास, विद्यालयको लेखा परीक्षण, विज्ञ परिचालन जस्ता ६३ कार्यविधिहरु जारी भएका छन् । न्यायिक समितिका संयोजक समेत रहेकी उपप्रमुख ठकुरीले ऐनकानून निर्माणमा महानगर अग्रणी रहेको दाबी गरिन् । उनका अनुसार, स्वमूल्याङ्कनमा महानगरको न्यायिक समिति अगाडि छ । महानगरप्रमुख रेनु दाहालले महानगरको ऐन, निर्देशिका, कार्यविधि, मापदण्ड, नियमावली बनेसँगै महानगरको कार्य सम्पादन अगाडि बढाउन सहयोग पुगेको बताइन् ।

महानगरका सबै समिति र निकायहरुले गर्नुपर्ने काम तीव्र गतिमा गरेकै कारण देशका अन्य पालिकाको तुलनामा भरतपुर महानगर उत्कृष्ट बन्न सफल भएको दाबीसमेत गरिन् । उनका अनुसार विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, पर्यटन, महिला बालबालिका लगायतका सबै क्षेत्रमा भरतपुर महानगर देशकै उत्कृष्ट छ । रासस

आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हिरो दशैं विशेष अभियानमा वेदप्रसाद रिजालले जिते शतप्रतिशत क्यासब्याक
स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै
निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा
एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

लोकप्रिय

  • १.
    स्तन क्यान्सरबारे जनचेतना फैलाउन भरतपुरमा कात्तिक १४ गते ‘पिंक म्याराथन एन्ड जुम्बा’ हुँदै

  • २.

  • ३.
    निष्ठा र ईमान्दारीता ,निरन्तरता हुदाहुदै पनि पुर्वमन्त्री उत्तम जोशी पराजित, चितवन काँग्रेसमा निराशा

  • ४.
    एसवान होम्स र भीग्रुपको आयोजनामा बिल्ड नेपाल एक्स्पो हुंँदै

  • ५.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट शान्ति परियार विक केन्द्रीय सदस्यमा निर्वाचित

  • ६.
    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विद्वान गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित

  • ७.
    चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • ८.
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः बगाले, दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

मिडिया सञ्चालन प्रमुख
देवी ढकाल

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.