पौष २७, चितवन ।अब चितवन जिल्लामा नै पहिलो पटक निजि क्षेत्रको आँखा अस्पताल चितवन आँखा अस्पतालमा फेको प्रबिधिबाट मोतियाबिन्दु को सफल शल्यक्रिया भएको छ ।
बिगत लामोसमय देखि चितवन लगायत आसपासका जिल्लाहरुमा आँखा सम्बन्धि रोगहरुको उपचार तथा परामर्श दिदै आईरहेको चितवन आँखा अस्पतालमा अनुभवी फेको सर्जन तथा चितवन आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर डा. रबिन्द्र सिंह ठकुरी र अनुभवी नेत्र रोग विशेषज्ञ डा. पारस पौडेलकोटी बाट यहि पौष २५ गते फेको प्रबिधीबाट मोतियाबिन्दुको सफल शल्यक्रिया भएको जानकारी अस्पतालका निर्देशक तथा दृस्टी विशेषज्ञ किशोर गौतम दिनुभयो।
Advertisement

