चितवन, पुस २६।
जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा आयोजना हुने सबै खालको मेला महोत्सव बन्द गर्ने निर्णय गरेको छ।
आज (सोमबार) बसेको डीसीसीएमसीको बैठकले हाल आयोजना भइरहेको चितवन महोत्सवलाई दुई दिन समयर दिइ बाँकी आयोजनाको तयारीमा रहेको रत्ननगर महोत्सव र खिचरा महोत्सव तत्काल बन्द गर्ने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
Advertisement
देशभर कोरोनाको संक्रमण दर बढेको र चितवनमा पनि संक्रमण दर वृद्धि भएका कारण जिल्ला प्रशासन कार्यलय चितवनले यस्तो निर्णय गरेको हो।

