पौष २४, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबलाई पाँच–शून्य गोल अन्तरले हराएको छ ।
पोखरामा भएको खेलमा मनाङलाई जित दिलाउन आफिज ओलावालेले ह्याट्रिक गोल गरे । यस्तै एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक एक गोल गरे । मनाङले यसअघि नेपाल पुलिस र ब्रिगेड ब्वाइजलाई पोखरा रंगशालामा हराएको थियो ।
Advertisement
जितसँगै मनाङले ८ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत् रहेको छ । च्यासलले ८ खेलमा ५ अंक जोडेको छ । च्यासल लिगको १३ औं स्थानमा रहेको छ । यस्तै आजै काठमाण्डौको दशरथ रंगशालामा भएको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेन्ड क्लबलाई १ शून्य गोल अन्तरले हराएको छ । आठौँ चरण अन्तर्गत आज भएको पहिलो खेलमा मछिन्द्रले फ्रेन्डसलाई एक-शून्य गोल अन्तरले हराएको हो ।

