पौष २३, चितवन ।चितवनका अस्पतालमा आज आठ जना कोरोना भाइरसका संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा चितवनका अस्पतालमा थप २ जना भर्ना भएका हुन् । बिहीबार ६ जना अस्पतालमा उपचारत थिए ।
अस्पतालमा रहेका संक्रमितसँगै आज जिल्लाभर ८५ जना सक्रिय संक्रमित रहेका छन् । आज ७७ जना होम आइसोलेसनमा छन् ।
Advertisement
त्यस्तै आज थप ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालयको अनुसार पछिल्लो २४ घण्टामा ३१३ जनाको पिसिआर र २ जनाको एन्टिजेन परिक्षणबाट थप ९ जनामा कोरोना पुष्टि भएको हो । यस सँगै जिल्लाभर कोरोना संक्रमितको संख्या २७ हजार २६६ पुगेको छ ।
यता, आज २ जना कोरोनामुक्त भएका छन् । यस सँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार ७४५ पुगेको छ ।

