पौष २१, चितवन।चितवनमा आज कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । यस सँगै जिल्लाभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।
यता, आज थप ६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ३४३ जनाको पिसिआर र ८ जनाको एन्टीजेन परिक्षणबाट थप ६ जनामा संक्रमण पुष्टि भएको हो । यस सँगै जिल्लाभर कोरोना संक्रमितको संख्या २७ हजार २५० पुगेको छ ।
Advertisement
आज जिल्लाभर ७७ जना सक्रय संक्रमित रहेका छन् । जसमध्ये ७२ जना होम आइसोलेसनमा रहेका छन् भने, ५ जना अस्पतालमा उपचाररत छन् ।त्यस्तै आज ७ जना कोरोनामुक्त भएका छन् । यस सँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार ७७३ पुगेको छ ।

